बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?


काठमाडौ, १६ साउन । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमवार छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १४ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।