बढ्यो सुनको मुल्य

बढ्यो सुनको मुल्य


काठमाडौं, बैशाख २६ गते । आज नेपाली सुचाँदी बजारमा सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्‍लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९०० मा कारोबार भएको थियो।

यसअघि वैशाख २१ गते सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो।सुनको मूल्य बढेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।