बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


काठमाडौं । नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुन २ सय रुपैयाँले बढरेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार छापावाला सुन तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३ सय ५० रुपैयाँमा कारोबार भइरहेकोे छ । त्यसैगरी चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।