बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।