३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

सरकारले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ। आज विहान बसेको मन्त्रिपरिषदको बैठकले  डिआइजीहरु बसन्त पन्त, रविन्द्र धानुक  र धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको मन्त्रिपरिषदमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरुले उजुरी गरेका थिए । लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआइजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । 

बढुवा विरुद्ध उजुरी गर्ने डीआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।