बुर्किनाफासामा रातभरि बमबारीमा हुँदा ४४ जनाको मृत्यु 

1.

अफ्रिकाको बुर्किनाफासामा भएको आक्रमणमा परि  ४४ जनाको मृत्यु भएको छ।  अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी क्षेत्र कौराकु र तोन्डोबी गाउँमा आक्रमण हुँदा उनीहरुको मृत्यु भएको बिबिसीले जनाएको छ ।
 
उक्त आक्रमण सशस्त्र समूह आतंककारी संगठन अलकायदा र इस्लामिक स्टेटसँग सम्बन्धित रहेको अधिकारीले बताएका छन्।  यति ठूलो संख्यामा मानवीय क्षति हुने गरी गरिएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । तर सो क्षेत्रमा जिहादिस्त नामक विद्रोही सशष्त्र समूहको बाहुल्यता रहेकाले त्यसैले आक्रमण गरेको आशंका गरिएको छ ।

घटना भएको सोहि क्षेत्रका गभर्नरले हिंसात्मक र बर्बर आक्रमण भएको भन्दै निन्दा गएका छन्।  साथै उनले आक्रमणमा संलग्नलाई कारवाही गरिने प्रतिबद्धता जनाएका छन् ।


यस्तै आतंकाकारीले गाउँमा विस्फोट संगै बमबारी गरेको बताइएको छ । रातभर भएको बमबारीमा ठूलो संख्यामा गाउँलेहरुको मृत्यु भएको छ । साथै घटनामा कयौं सर्वसाधारण घाइते भएका छन् ।