बलात्कारको आरोपमा ३ जना पक्राउ

 बलात्कारको आरोपमा ३ जना पक्राउ


काठमाडौं, ८ जेठ । ललितपुर र बर्दियामा भएको बलात्कार घटनामा तीनजना पक्राउ परेका छन् । ललितपुरमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने ३५ वर्षीय आशीष थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती महिलालाई २०७९ फागुन १२ गते राति ललितपुर टिकाथलीस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सादोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 बर्दियामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका–६ तुल्सीपुर बस्ने २४ वर्षीय बिनोद परियार र २० वर्षीय नवराज परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

 उनीहरूले ती किशोरीलाई ललाई फकाई भे.१०प ५५२ नम्बरको मोटरसाइकलमा सोही नगरपालिका(७ बठनपुरस्थित जङ्गलको छेउमा रहेको मचानमा लगि दुवै जनाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बकुवा र ईलाका प्रहरी कार्यालय भुरिगाउँ बर्दियाबाट खटिएको प्रहरीले दुवै जनालाई उक्त मोटरसाइकलसहित पक्राउ गरेको हो ।