१४ वर्षीया किशोरी करणी आरोपमा भक्तपुरबाट एक जना पक्राउ

१४ वर्षीया किशोरी करणी आरोपमा भक्तपुरबाट एक जना पक्राउ

नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ। १४ वर्षीया किशोरलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका-२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

ती किशोरीलाई दिनेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ