कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई

गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन् । खाँणलाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी अख्तियारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन्। ५० सदस्यीय टोलीको नेतृत्व गर्दै  प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएका हुन्।

प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।