भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै


काठमाडौं। भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने भएको छ । ५ देखि ९ मंसिरसम्म हुने प्रदर्शनीमा १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकको सहभागी रहनेछ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले पुस्तक प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने जनाइएको छ ।

एक सय ८० वटाभन्दा बढी स्टल रहने प्रदर्शनीमा शैक्षिक सामग्रीदेखि सबै प्रकारका पुस्तकको स्टल राखिनेछ । प्रदर्शनीमा अमेरिका, चीन, इजिप्टसहित १५ भन्दा बढी देशको सहभागिता रहनेछ ।