भन्सार छली गरेको आरोपमा ६ जना व्यापारी विरुद्ध मुद्दा

भन्सार छली गरेको आरोपमा ६ जना व्यापारी विरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जना व्यापारी विरुद्ध २१ करोड २ लाख रुपैयाँ भन्दा बढीको मुद्दा दायर गरेको छ । भारतबाट कपडा आयात गर्दा भन्सार छलेको आरोपमा विभागले मुद्धा दायर गरेको हो ।

उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर गरिएकाहरूमा काठमाडौं महानगरपालिका वडा नम्बर २८ का रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, काभ्रे पाँचखालका श्यामवहादुर श्रेष्ठ, वीरगञ्‍ज महानगरपालिका वडा नम्बर २ का विष्णु एण्ड विकेश सप्लायर्स रमाशंकर गुप्ता, मनोज साह कलवार, गुल्मीका विष्णु प्रसाद घिमिरे र काठमाडौंको ताहाचलमा बस्ने नागरिक अमितकुमार अग्रवाल रहेका छन।

उनीहरुले मूल्य अभिवृद्धि करतर्फ ९ करोड ९६ लाख ८८ हजार ७ सय ३ रुपैयाँ, आयकर तर्फ ८ करोड २७ लाख ४५ हजार ८ सय २७ र अन्यतर्फ २ करोड ७८ लाख ३ हजार ८ सय ४२ रुपैयाँ राजस्व चुहावट गरेको विभागको आरोप रहेको छ ।