राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।  विदेशमन्त्री वाङ आज राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। 

वाङले आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै छन्। मन्त्री वाङले हिजो प्रधानमन्त्री शेरबारहदुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए।

भेटपछि उनले प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गर्दै वाङले पोखरा विमानस्थकोे साँचो नेपाल सरकारलाई हस्तान्तरण गरे। मन्त्री वाङ र समकक्षी नारायण खड्काबीच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता हुने क्रममा दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर भएको छ।