चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न प्रचण्ड मेरिट होटलमा

चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न प्रचण्ड मेरिट होटलमा

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु नक्सालस्थित मेरिट होटल पुगेका छन् । केहीबेरपछि विदेशमन्त्री वाङ र प्रचण्डबीच भेटवार्ता हुनेछ। 

यसअघि विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष केपी शर्मासँग भेटवार्ता गरेका छन्। विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय छलफल गरेका थिए ।  चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको थियो । 

तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।