नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच श्रीलंकामा भेटवार्ता 

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच श्रीलंकामा भेटवार्ता 

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच कोलम्बोमा भेटवार्ता भएको छ। विमिस्टेकको १८ औं बैठकमा भाग लिन पुगेका नेपालका परराष्ट्रमन्त्रीसँग श्रीलंकाको राजधानी कोलम्बोमा भारतीय समकक्षीको भेट भएको हो। भेटमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबार तीन दिने औपचारिक भ्रमणका लागि भारत जाँदैछन्। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकसाथ भ्रमणबारे जानकारी गराएका थिए। प्रधानमन्त्री नियुक्त भएपछि देउवा पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन्। 

देउवा स्थानीय चुनावको मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जान लागेका हुन्। केही समय अघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणबाट फर्के लगत्तै उनी भारत भ्रमणका जान लागेका हुन्।