माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने


काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । बुधवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म १७ जनाले आ–आफनो धारणा राखिसकेका छन् ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल गरिने छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।