मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

 मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता शेयर सूचीकृत भएको हो ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ ।

कम्पनीको शेयर कारोबारका लागि ‘एमकेसीएल’ संकेत प्राप्त भएको छ । कम्पनीको उक्त शेयर स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा भोलिदेखि नै दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारलाई आधार मानेर नियमित कारोबार हुनेछ ।