मङ्सिर १७ गते बस्दै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको वार्षिक साधारण सभा

मङ्सिर १७ गते बस्दै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको वार्षिक साधारण सभा


काठमाडौं । आगामी मङ्सिर १७ गते पाल क्लियरिङ्ग हाउस लिमिटेडले १२औं वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा होटल ¥याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो १२ः१५ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी २ अर्ब पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ । अधिकृत पूँजी वृद्धि गर्न र बोनस शेयर बराबरको चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्नेछ ।

त्यस्तै सभाले आर्थिक २०७९र८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवमा २०८०र८१ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।