मेयर बालेनलाई गृहमन्त्रि श्रेष्ठको जवाफ-"तपाईंको कार्यक्षेत्रमा हामी कुनै पनि हस्तक्षेप गर्दैनौं"

1.

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय सरकारको कार्यक्षेत्रमा आफुहरुले कुनै पनि हस्तक्षेप नगर्ने बताएका छन्। आज चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न प्रतिवद्ध रहेको बताएका हुन्। 

केही दिनअघि मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने भन्दै समाजिक संजाल मार्फत संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोप लगाएका थिए । उक्त आरोपलाई मध्यनजर गर्दै गृहमन्त्रि श्रेष्ठले प्रमुख बालेनलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन आग्रह गरे। 

उनले भने, '‘यो बारेमा मैले काठमाडौं महानगरपालिकाका प्रमुखलाई प्रस्ट भनेको छु तपाईले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी तथ्य रुप दिने गरी निष्कर्षमा त पुग्नु पर्‍यो नि, 'तपाई आफैले मात्रै गर्न सक्ने काम भए तपाईंको कार्यक्षेत्रमा हामी कुनै पनि हस्तक्षेप गर्दैनौं । तर तपाईले प्रदेश सरकार र संघीय सरकारको संलग्नतामा कुनै सहयोग चाहिएको छ भने ती कुरालाई हामीले गर्ने प्रक्रियामा ठिक छ भन्ने तथ्य सम्वत छ भन्ने कुरा राख्नुपर्छ ।'

संघीय सरकार, स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ