मेयर शाहले भन्छन, ‘प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टचारीलाई सिद्यै बाग्मतीमा चोपल्ने हो’

मेयर शाहले भन्छन, ‘प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टचारीलाई सिद्यै बाग्मतीमा चोपल्ने हो’

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टचारी बिरुद्धमा मुख खोलेका छन् ।

उनले भ्रष्टचार बिरुद्ध प्रदर्शन गर्ने होइन, सिद्यै कारबाहीमा जानु पर्ने जनाएका छन् ।  ‘तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’ 

उनले फेसबुकमा लेखेका छन, ‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस ।  यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।पत्याउदिन म चही । तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।