मन्त्री श्रेष्ठ र आले एमालेमा जाने चर्चाबारे माधव नेपालले दिए यस्तो प्रतिक्रिया

मन्त्री श्रेष्ठ र आले एमालेमा जाने चर्चाबारे माधव नेपालले दिए यस्तो प्रतिक्रिया

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्ने हल्ला मात्र भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताए । उनले भने, ‘मन्त्रीहरु प्रेम आले र कृष्ण कुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे, एमाले प्रवेश गर्ने भनेर हल्ला चलाइयो । अब त्यो भ्रम पनि रहेन ।’

नेपालले अहिले एमाले छाड्ने र नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको दाबीसमेत गरे । ‘अहिले भर्खरै मात्रै एमाले परित्याग गरेकाहरुलाई केन्द्रीय कार्यालयमा शपथ ग्रहण गराएँ । यसरी एमालेबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ,’ उनले भने ।