गोली लागेर महिला सैनिक जवानको मृत्यु

गोली लागेर महिला सैनिक जवानको मृत्यु

कपिलवस्तुमा बुधबार साँझ गोली लागेर गम्भीर घाइते भएकी शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको आज  बिहान मृत्यु भएको छ । झापा गौरादह घर भएकी सैनिक जवान २४ वर्षीया कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

गोरुसिंगेस्थित ब्यारेकमा ड्युटीमा रहेकी राजवंशीले आफैले बोकेको एम सिक्स्टीन राइफलले आफैंलाई पेटमा गोली हानेर घाइते भएको पनि प्रहरीले बताएको छ । पेट र छातिमा दुई वटा गोली लागेर घाइते भएकी उनलाई उपचारका लागि बुटवल लगिएकोमा त्यहाँबाट भैरहवा मेडिकल कलेज पठाइएको थियो । सोही मेडिकल कलेजमा उनको बिहिबार बिहान मृत्यु भएको हो ।

उपचारका लागि बिहिबार राति नै काठमाडौं लाने तयारी गरिएपनि हेलिकप्टर उपलब्ध नहुँदा काठमाडौं लैजान नसकिएको जनाइएको छ ।