बसको छतबाट खस्दा चक्काले किचेर एक युवतीको घटनास्थलमै मृत्यु

बसको छतबाट खस्दा चक्काले किचेर एक युवतीको घटनास्थलमै मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका-१ डाँडाखर्कमा शुक्रबार बसको छतबाट खसेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २१ वर्षीया सुसिका तामाङ रहेकी जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बा २ ख ४९८१ नम्बरको बसको छतमा बसेर यात्रा गरिरहेको अवस्थामा आज बिहान पौने ९ बजे अचानक खसेर सोही बसको चक्काले किच्दा तामाङको घटनास्थलमै मृत्यु भएको हो।