स्याङ्जामा जीप दुर्घटना : ७ जनाको मृत्यु, ६ गम्भीर घाइते

स्याङ्जामा जीप दुर्घटना :  ७ जनाको मृत्यु,  ६ गम्भीर घाइते

स्याङ्जाको वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिए ।

उहाँका अनुसार घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी वालिङ पठाइएको छ । जीपमा कति जना थिए भन्ने खुलेको छैन ।