युइएफए युरोपा लिगः लिभरपुलको फराकिलो जित

युइएफए युरोपा लिगः लिभरपुलको फराकिलो जित


काठमाडौं । लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्ता प्राहमाथि फराकिलो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा लिभरपुलले स्पार्ता प्राहलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गरेका थिए भने एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक गक गोल गरेका थिए ।त्यसैगरी स्पार्ता प्राहका लागि लिभरपुलका कोनोर ब्राडलीले आत्मघाती गोल गरेका थिए ।यो जितपछि लिभरपुलले पहिलो लिगमा ५–१ को अग्रता लिएको छ र अब दोस्रो लिग मार्च १५ मा हुने छ ।