यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९३ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ १६पैसा र बिक्री दर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा र क्यानाडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।