रामेछापमा बलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुग्यो

1.

रामेछापमा बलेरो दुर्घटना हुँदा अहिले मृत्यु हुनेको संख्या पाँच पुगेको छ।   रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी नजिकै भएको जिप दुर्घटनामा थप एकको मृत्यु भएको जनाइएको छ।  

मृत्यु हुने मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन्।   बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

बलेरो आज अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको हो।  उक्त बलेरो दैनिकरूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको थियो।