राष्ट्रपति पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता

राष्ट्रपति पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता भएको हो ।

सो भेटवार्तामा मुलुकको समसामयिक विविध विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।