राष्ट्रपति पौडेलद्वारा ६ सय ७० जना कैदीको कैद माफी मिनाहा

राष्ट्रपति पौडेलद्वारा ६ सय ७० जना कैदीको कैद माफी मिनाहा

काठमाडौ, ३ असोज । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीबन्दीलाई कैद माफी मिनाहा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उक्त कैदीहरुको भुक्तान गर्न बाँकी कैद राष्ट्रपतिले मिनाहा गरेका हुन् । उनले फौजदारी कसुर (सजाय निर्धारण तथा

कार्यान्वयन) ऐन, कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार आजबाट लागू हुनेगरी उनीहरुलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ ।