रास्वपा सभापति लामिछानेका ड्राइभर घरको तेस्रो तलाबाट कसरी खसे ?

1.

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका ड्राइभर एक घरको तीन तला माथिबाट तल खसेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका हुन्।

चुनाब प्रचारप्रसारको क्रममा लामिछानेले थापालाई नै लिएर सोहि घरमा भाडामा लिएर बसेका थिए। सभापति लामिछाने भुइँतलामा सुतेका थिए भने थापा तेस्रो तलामा सुतिरहेका थिए। आज बिहान करिब ४ बजे थापा तेस्रो तलाबात खसेको जनाइएको छ।

प्रहरीका अनुसार घाइते भएका थापाको अवस्था अहिले गम्भीर छ। उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको खुट्टा र टाउकोमा चोट छ।

स्रोतको अनुसार तनहुँको चुनावी आमसभा सकेर लामिछानेको टोलि आइतबार बेलुका भरतपुर पुगेको थियो। भुँइतलामा लामिछाने सुतेका थिए भने, दोस्रो तलामा दिपक बोहोरा लगायतका नेताहरु सुतेका थिए। सबैभन्दामाथिको तलामा पार्टी प्रवक्ता मोकुला ढकाल, उनका ड्राइभर र लामिछानेका ड्राइभर दिलबहादुर थापा सुतेका थिए। अहिले सोहि घटनाको विषयमा थापा अनुसन्धान भइरहेको छ।

आइतबार तनहुँको चुनावी आमसभा सकाएको लामिछानेको टोलि आज बारा जिल्लामा चुनावी कार्यक्रम रहेको थियो। बारा-२ , चितवन-२ र तनहुँ-१ को उपनिर्वाचन यहि बैशाख १० गते हुँदै छ।