रास्वपाको आजबाट घरदैलो कार्यक्रम सुरु

रास्वपाको आजबाट घरदैलो कार्यक्रम सुरु


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु आजबाट घरदैलो गर्ने भएका छन् । गत वर्ष सम्पन्न निर्वाचनमा मत दिएर विजयी बनाएको भन्दै सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्न लागेका हुन् ।

सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्नेछन् ।