लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर, कतिमा हुदैँछ कारोबार ?

लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर, कतिमा हुदैँछ कारोबार ?


काठमाडौं । साताको चौथो कारोबारको दिन नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर छ । आज चौथो दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ कायम छ। यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भएको चाँदीको आज पनि सोहि मूल्य कायम छ ।