लैङ्गिक हिंसाविरुद्धको अभियान गाउँ गाउँ पुर्याउनु पर्छ : मन्त्री यादव

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई गाउँ–गाउँमा पुर्याएर मात्रै लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताएका छन् । सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने साझा अभियानको शुरुवातमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले भने –‘सरकारले मात्रै अभियान सञ्चालन गरेर लैङ्गिक हिंसा अन्त्य गर्न कठीन छ । त्यसैले आ–आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्दछ । यो निरन्तरको अभियानले मात्रै सम्भव छ ।’ ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्न नाराका साथ अभियान शुरुवात गर्दे बिहीबार बिहान विराटनगरमा प्रभातफेरिसमेत गरिएको थियो । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए । अभियानमा सरकारी निकायका अतिरिक्त मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल, विराटनगरका सामुदायिक विद्यालयलगायतका संस्थाहरुको सहभागिता छ ।

लैङ्गिक हिंसाविरुद्धको अभियान गाउँ गाउँ पुर्याउनु पर्छ : मन्त्री यादव

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई गाउँ–गाउँमा पुर्याएर मात्रै लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताएका छन् ।

सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने साझा अभियानको शुरुवातमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले भने –‘सरकारले मात्रै अभियान सञ्चालन गरेर लैङ्गिक हिंसा अन्त्य गर्न कठीन छ । त्यसैले आ–आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्दछ । यो निरन्तरको अभियानले मात्रै सम्भव छ ।’

‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्न नाराका साथ अभियान शुरुवात गर्दे बिहीबार बिहान विराटनगरमा प्रभातफेरिसमेत गरिएको थियो । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

अभियानमा सरकारी निकायका अतिरिक्त मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल, विराटनगरका सामुदायिक विद्यालयलगायतका संस्थाहरुको सहभागिता छ ।