लामिछानेको ड्राइभर घटना अपडेट: रास्वपा प्रवक्ता ढकालको ड्राइभर प्रहरीको नियन्त्रणमा

1.

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मोकुला ढकालको ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपा सभापति रवि लामिछानेका ड्राइभर घरको छटबाट खसेको घटनाको अनुसन्धान गर्न लामिछानेका ड्राइभर दिलबहादुर थापा संगै सुतेको भनिएका ढकालका ड्राइभर कालुराम राजबंसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ड्राइभर राजबंशीले सो घटनामा आफुलाई केहि पनि थाह नभएको बताउंदै आएका छन्। प्रहरीलाई उनले दिएको बयान अनुसार बाहिर अरुले होहल्ला गरेपछि मात्रै आफुलाई थाह भएको दावी गर्दै आएका छन्।

अहिले उक्त घटनाको विषयमा राजबंशी बाहेक चितवनका बासिहरुसंग पनि प्रहरीले सोधपुक्ष गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनीहरु सुतेको कोठाभित्र रक्सीको बोतल पनि प्रहरीले फेला परेको छ। तर उक्त रक्सि उनीहरुले खाए नखाएको बारेमा परिक्षण गर्न बाँकी रहेको समेत प्रहरीले जनाएको छ।

यस्तै आज बिहान करिब ४ बजे चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट ड्राइभर थापा तल खसेका थिए। गम्भीर घाइते भएका थापाको अहिले सामान्य अवस्था रहेको छ। उनको टाउकोमा डाक्टरहरुले शल्यक्रिया गरेका छन्। साथै उनको घंतिको हड्डी भाञ्चिएको समेत अस्पतालले जनाएको छ। उनको घांटी गमलामा ठोक्किएपछि भाञ्चिएको जनाएइको छ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको छ।