लामिछानेको मुद्दामाथि आज न्यायाधीश ढकालको इजलासमा सुनुवाई हुँदै 

लामिछानेको मुद्दामाथि आज न्यायाधीश ढकालको इजलासमा सुनुवाई हुँदै 

किर्केट टोलीको पुर्व कप्तान सन्दिप लामिछाने विरुद्ध परेको मुद्दामाथि आज अदालतमा सुनुवाई हुने भएको छ। न्यायाधीश दीपक ढकालको इजलासमा उक्त मुद्दामाथि  जिल्ला अदालत काठमाडौंबाट सुनुवाई हुने भएको हो।

यसअघि  किर्केटर सन्दिपलाई गत असोज २० गते बलात्कारको मुद्दामा प्रहरीले पक्राउ गरेको थियो । साथै त्यसको भोलिपल्टै नेपाल क्रिकेट संघ क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन  समेत गरिएको थियो।  

अदालतले प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै गत कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर गत पुस २९ गते धरौटीमा उनि रिहा भएका थिए ।

अहिले उनको निलम्बन पदलाई क्यानले फुकुवा गरेपछि नेपाली किर्केट टोली तर्फबाट एसीसी म्यान्स प्रिमिएर कप खेल्दै छन्।