विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईद्वारा शपथ ग्रहण

विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईद्वारा शपथ ग्रहण

काठमाडौं, २५ वैशाख । विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।शपथ ग्रहणपश्चात आज नै उनले पदभार पनि ग्रहण गरेकी छन् । 

 सिहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेकी उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।