वायु प्रदुषणमा वृद्धि: यस्तो छ आजको मौसम 

1.

हाल देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ। 

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ ।महाशाखाको अनुसार राती   देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ। 

साथै नेपालमा वर्षाका गतिविधि कम भए संगै डढेलोका घटनाहरु बढेको कारणले उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ र वायु प्रदुषणमा वृद्धि भईरहेको छ। यसर्थ मेघगर्जन/चट्याङ्ग, हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता महाशाखाले अनुरोध गरेको छ।  

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।