वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं : अध्यक्ष ओली

वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं : अध्यक्ष ओली

काठमाडौं, २३ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबानबाट सर्तकता अपनाउन अनुरोध गरेका छन् ।देशैभरी भएका अविरल वर्षाका कारण काठमाडौंलगायतका क्षेत्र डुबानमा परे पछि राजमार्गहरु अवरुद्ध भए पछि एमाले अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् ।

‘आज देशका धेरैजसो ठाउँमा अविरल वर्षा भइरहेको खबर छ, सोसियल मिडिया हेर्यो कि बाढी, पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्बिर रभिडिओहरु धेरै आइरहेका छन्,’ ओलीले भनेका छन, ‘वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं, सबैको दिन शुभ रहोस् ।