विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम कस्तो छ ?

 विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम कस्तो छ ?

काठमाडौं । फिफा विश्वकप २६ को फाइनल न्यूयोर्कको न्यू जर्सीले आयोजना गर्ने भएको छ ।फिफाका अनुसार फाइन खेलको होस्ट सिटीको रूपमा न्यूयोर्क न्यू जर्सी चयन गरेको जनाएको हो ।जसअनुसार आइकोनिक न्यूयोर्क न्यू जर्सी स्टेडियमले आइतवार, १९ जुलाई २०२६ मा सबैभन्दा ठूलो विश्वकपको खेल देखाउँनेछ । 

यस स्टेडियमलाई वर्षौंदेखि एनफिएलका सुपरस्टारहरू होस्ट गर्न प्रयोग गरिएको छ तर फुटबलले प्रस्ताव गरेको सबैभन्दा राम्रो र स्टार खेलाडीहरूको सन २०२६ मा यसै मैदानबाट उदाउने अपेक्षा गरिएको छ ।

 सन २०१० मा खोलिएको बहुउद्देश्यीय स्टेडियम यस स्टेडियममा सन २०१६ मा कोपा अमेरिकाको फाइनल खेल खेलाइएको थियो, जहाँ चिलीले लियोनेल मेसीको अर्जेन्टिनालाई पराजित गरेको थियो ।