विश्वकपमा छनोट भएकोमा नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपाल टी–२० विश्वकप एसिया छनोट भएको खेलाडीलाई बधाई दिएका छन् ।काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै फेसबुकमा लेखेका छन्, "टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।
पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।"
टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।