विषाक्त मदिरा सेवनबाट १७ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट १७ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको छ।बिहारको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारमा भनिएको छ, “उपलब्ध जानकारीअनुसार मधेपुरामा तीन जना, बाँकामा नौ र भागलपुरमा चार जनाको मृत्यु भएको छ भने बिहारको मुर्लिगन्जले अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण एकजनाको मृत्यु भएको  छ।”

बिहारमा अनधिकृत रूपमा उत्पादित मदिराका कारण यो राज्यको भागलपुर छ र गोपालगञ्ज १० गरी दुई जिल्लामा १६ जनाको मृत्यु भएको एक हप्ता पनि नबित्दै यो दुःखद् घटना भएको हो।