शरणार्थी प्रकरणः कानुनको लामो हातबाट कोही भाग्न सक्दैनन्ः स्वर्णिम वाग्ले

शरणार्थी प्रकरणः कानुनको लामो हातबाट कोही भाग्न सक्दैनन्ः स्वर्णिम वाग्ले


काठमाडौं, १० जेठ । नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्नेहरुमा प्रहरी प्रमुख समेत थपिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले बताएका छन् । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै वाग्लेले ‘लङ आर्म अफ ल’ अर्थात कानुनको लामो हातबाट कोही भाग्न नसक्ने बताए ।

उनले भने–‘दण्डहीनताको यो निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौँ ।’ साथै उनले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ मा हावाहुरीका कारण जनधनको क्षति भएको बताउँदै राज्यबाट प्राप्त क्षतिपूर्ति अपर्याप्त रहेको बताएका छन् ।

उनले भने–‘ठुलो मात्रामा अन्नबाली पनि नष्ट भएको छ । यस्तो बेलामा कृषि र पशुबिमाको महत्त्व झल्कन्छ । यद्यपि बिमामा दिइने सरकारी अनुदान ह्वात्तै घटेको विरोधमा नेपाल विमक सङ्घले विगत ३ दिनदेखि सेवा ठप्प पारेको छ, सरकारको ध्यान जाओस ।