श्रीलंकामा औषधि अभाव भएपछि स्वास्थ्य संकटकाल घोषणा 

श्रीलंकामा औषधि अभाव भएपछि स्वास्थ्य संकटकाल घोषणा 

श्रीलंकाले जन स्वास्थ्य संकटकाल घोषणा गरेको छ । औषधि एवं स्वास्थ्य सामग्री अभाव भएपछि श्रीलंकाको शीर्ष स्वास्थ्य निकाय गभरमेन्ट मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)ले संकटकाल घोषणा गरेको हो । 

अब राज्यले प्रदान गर्ने सेवा सुविधामा आपतकालीन र तत्काल हेरचाह गर्नुपर्ने सेवाहरूलाई प्राथमिकता दिनेइने छ । अधिकांश श्रीलंकालीहरू सरकारी स्वास्थ्य सेवामा निर्भर छन् । 

आर्थिक एवं विदेशी मुद्रा संकटका कारण श्रीलंका विद्युत् कटौती र अभावसँग जुझिरहेको छ ।  यसले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै उनी विरुद्ध व्यापक विरोध निम्त्याएको छ ।