स्कुटरमा क्रान्ति गर्दै यामाहा नेपालले ल्यायो रे जेडआर १२५ हाइब्रिड

स्कुटरमा क्रान्ति गर्दै यामाहा नेपालले ल्यायो रे जेडआर १२५ हाइब्रिड


काठमाडौं, १३ जेठ । यामाहा रेजेडआर १२५ को हाइब्रिड भर्सन नेपालमा सार्वजनिक गरिएको छ ।   यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता कम्पनीले २ लाख ८९ हजार ९०० रुपैयाँ सुरुवाति मूल्य तोकेर बिक्री सुरु गरेको छ । 

दुई भेरियन्टमा नेपालमा सार्वजनिक हुने हाइब्रिड रेजेडआर १२५ को टप भेरियन्टको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ । यामाहा रेजेड आर हाइब्रिडमा १२५ सीसी ब्लु कोर एफआई इन्जिन रहेको छ । 

यो स्कुटरमा अटोमेटीक स्टप÷स्टार्ट सिस्टम उपलब्ध छ, जसले यो स्कुटरको माइलेज अझै राम्रो बनाउने कम्पनीको दावी छ । हाइब्रिड रेजेड आरमा एलइडी पोजिशन हेडलाइट, डिजिटल कन्सोल, वाइ कनेक्टजस्ता फिचर समावेश छन् । कम्पनीका अनुसार यो स्कुटरको इनिशियल (सुरुवाती)  पिकअपमा सुधार आएको छ ।

यामाहाले रेजेड आर १२५ को दुई भेरियन्ट विक्री गर्दै आएको छ । जसमा रेजेडआर १२५ एफआईको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ र स्ट्रीट र्यालीको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।