सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त


काठमाडौं २९ साउन । सङ्घीय मामिला तथा जनमत पार्टीका तर्फबाट सामान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त भएकी छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई पद तथा गोपनीयता सपथ गराएका हुन् ।

मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रो पटक सरकारमा सहभागि हुँदैछ । पुष्पकमल दाहाल नेतृत्व सरकारमा पुसमा सहभागि भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो । आफुले खोजेको उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको जनमत चार पहिनापछि सरकारमा सहभागि हुने भएको हो ।

अनितालाई सरकारमा सहभागि गराउन माओवादी केन्द्रले पार्टी नेता अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ । तत्कालिन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालयप्रति असन्तुष्टि जनाउदै २०७९ चैतमा राजिनामा दिएका थिए । मन्त्रीमण्डल पुनगर्ठनमा प्रधानमन्त्रीले उनलाई पुन खानेपानीमै राखे पछि जनमत असन्तुष्ट भएको थियो ।