सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, १४ जेठ । आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो एक बजे संसद्को नियमित बैठक पनि बस्दैछ । सो बैठकमा अथ मन्त्री डा .प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९–०८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।