स्थानीय तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने सत्तागठबन्धनको तयारी

स्थानीय तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने सत्तागठबन्धनको तयारी

पाँचदलीय सत्तागठबन्धनले स्थानीय तहको निर्वाचनमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ। गठबन्धनको आज बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।

गठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपछि पनि कतिपय जिल्लाहरूमा गठबन्धनमा रहेका दलहरुबीच सहमति नजुटेपछि केन्द्रीय शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्न लागेको हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा विभिन्न जिल्लामा गठबन्धनमा देखिएका समस्याबारे छलफल भएको थियो ।

बैठकमा ६ महानगर र ११ उपमहानगरको नेतृत्व केन्द्रबाट नै टुंग्याउने विषयमा पनि छलफल भएको बताइन्छ ।बैठकमा सहभागी एक नेताका अनुसार समस्या देखिएका जिल्ला र स्थानीय तहमा केन्द्रबाट नै निर्णय गर्न सकिनेबारे छलफल सुरु भएको छ ।