सदन अवरोध खुलाउन आज पनि छलफल गर्दै सभामुख घिमिरे

सदन अवरोध खुलाउन आज पनि छलफल गर्दै सभामुख घिमिरे

काठमाडौ, ३ भदौ । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र ) तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरूलाई बोलाइएको छ । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजेका लागि बोलाइएको छ । तर, विपक्षी एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरी छानविन समिति गठनको माग गर्दै साउन १० गते देखि संघीय संसद अवरुद्ध गर्दै आएका छन् ।