'सिधा कुरा'कार्यक्रमका प्रस्तोता पत्रकार युवराज कंडेलले यस्तो लेख्दै टेलिभिजनबाट मागे बिदा 

1.

ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रम चलाउँदै आएका पत्रकार युवराज कंडेलले टेलिभिजन छोडेको जनाएका छन्। उनले आज सामजिक संजालमा आफुले उक्त टेलिभिजनबाट जागिर छोडेको बताउँदै आफ्नो केहि बिचार समेत सार्वजनिक गरेका छन्।


दर्शक सामु आज आफ्नै सिधाकुरा रहेको भन्दै पत्रकार कंडेलले पत्रकारिता क्षेत्रमा लागेको ७ वर्ष पुगेको बताए।  उनले भने, 'सिधाकुरा जनतासँग(News24 nepal) हुँदै सिधाकुरा(Galaxy4k) सम्म आइपुग्दा ७ वर्ष बित्नै लागेछ । रिपोटर हुँदै कार्यक्रम प्रोड्युसर देखि प्रस्तोता हुँदा सम्म पत्रकारिताका धर्म र पेशा प्रति रत्तिभर सौदाबाजी नगरी जनताको चासो, गुनासो र प्रश्न उठाउने इमानदार प्रयास गरिरहे ।

पत्रकारिता क्षेत्रमा प्रभावकारिताको हरहिसाब गर्ने जिम्मा दर्शकहरुलाई दिंदै उनले जस्ता सुकै धाकधम्की र आरोपबाट लड्दै कार्यक्रम चलाएको बताए। यस्तै उनले कार्यक्रमको मूल्य र मान्यता माथि नै प्रहार भएपछि ग्यालेक्सी टेलीभिजनबाट बाहिरिएको समेत बताए।  उनले भने, 'धाकधम्की र आरोपबाट लड्दै चलरिहेको कार्यक्रममा जब एक उच्च सरकारी अधिकारीले महिला कर्मचारी माथिको हिंसाको विषय उठान  गरेका   थियौँ, उक्त रिपोर्ट पछि मन्त्रिपरिषद्ले उनलाई बर्खास्तीको निर्णय गरेको थियो । ''

उनले फेरि थपे, 'उनको पावरले त्यसका ९ महिना पछि टेलिभिजनको व्यवस्थापनबाटै गुपचुप कार्यक्रम डिलिट गरिए छ। यसलाई सच्याउने प्रयास नै भएन । कार्यक्रमको मूल्य र मान्यता माथिनै प्रहार भएपछि ग्यालेक्सी टेलीभिजनबाट बाहिरिएको छु । 

देशभरका संवाददाता साथीहरू र कार्यक्रमका हर मोडमा आफुलाई काँध थाप्ने टिम, निरन्तर हौशला दिने दर्शकहरू प्रति आजीवन ऋणी रहेको भन्दै उनि आफ्नो अन्तिम निष्कर्षमा भने, ''जागिर छोडेको हुँ, कर्म छोडेको हैन, केही दिनमा झनै मजबुत भएर आउने छु ।''