सुनको मूल्यले बनायो नयाँ रेकर्ड

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


काठमाडौं । नेपाली सुनचाँदी बजारमा बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाली बजारमा आज सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ।बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजाबी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेर १५२० रुपैयाँ पुगेको छ ।मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा १५ सय रुपैयाँ थियो ।