सभापति लामिछाने सोध्छन्-ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? 

सभापति लामिछाने सोध्छन्-ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले व्यवस्था सुध्रिए पनि अहिले सम्म अवस्था सुध्रिन नसकेको बताएका छन्।  उनले सामाजिक संजालमा लेख्दै अहिलेको देश देख्दा दशकौं पहिले नेपाल जहाँ थियो त्यहि  अवस्थामा नागरिक अझै रहेको बताएका हुन्।  

आज लोकतन्त्र दिवस रहेको छ।  उनले लोकतन्त्र दिवसको अवसरमा बोल्दै ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाएको हो भन्दै प्रश्न समेत गरे।  उनले भने, 'यो देशलाई यो बिन्दुसम्म ल्याउन कयौंले जीवनको आहूति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीँ सोच्छु— ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ?

यस्तै अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् भन्दै शुभकामना दिए।  साथै उनले देशलाई अब युवाले हाँक्ने तर्क गरे।  उनले भने, 'यो लोकतन्त्र दिवसले ती तमाम  अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।'

यता वि.स २०६२ र ०६३ सालको आन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले वैशाख ११ गते १७औँ लोकतन्त्र दिवस मनाइदै छ।  

राता झन्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रूपमा स्मरण गर्छन् । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्त्वपूर्ण भूमिका रहेको छ ।